Site announcements

Moodle लाई नियमित रूपमा प्रयोगमा ल्याउने सम्वन्धमा

by Admin System -


जरुरी सूचना

मिति: २०८३ साउन ३० गते

विषय: Moodle प्लेटफर्म सक्रिय तथा नियमित रूपमा अद्यावधिक (Update) गर्ने सम्बन्धमा।

आदरणीय सम्पूर्ण प्राध्यापक/शिक्षकज्यूहरू,

यस उर्लाबारी बहुमुखी क्याम्पसको शिक्षण-सिकाइ प्रक्रियालाई थप प्रविधिमैत्री, गुणस्तरीय तथा प्रभावकारी बनाउन प्रयोगमा ल्याइएको Moodle (Learning Management System) लाई नियमित रूपमा सञ्चालनमा ल्याउन यो सूचना जारी गरिएको छ।

विद्यार्थीहरूको पठनपाठन, शैक्षिक सामग्रीको सहज पहुँच तथा निरन्तर मूल्याङ्कनलाई प्रभावकारी बनाउन सम्पूर्ण शिक्षकज्यूहरूले देहायबमोजिमका कार्यहरू अविलम्ब सम्पन्न गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ:

  • खाता सक्रियता (Account Activation): आफ्ना सम्बन्धित विषयका Moodle खाताहरू तुरुन्त लग-इन गरी सक्रिय (Active) बनाउनुहोला।

  • पाठ्यक्रम तथा शैक्षिक सामग्री: आफूले अध्यापन गराउने विषयहरूको पाठ्यक्रम (Syllabus), सन्दर्भ सामग्री, नोटहरू तथा स्लाइडहरू Moodle मा नियमित रूपमा अपलोड गर्नुहोला।

  • असाइन्मेन्ट तथा मूल्याङ्कन: विद्यार्थीहरूका लागि आवश्यक गृहकार्य (Assignment), परियोजना कार्य तथा आन्तरिक मूल्याङ्कन सम्बन्धी गतिविधिहरू Moodle मार्फत नै सञ्चालन गरी समयमै जाँच (Grading) गर्ने व्यवस्था मिलाउनुहोला।

  • सूचना प्रवाह: कक्षा तालिका, परीक्षा सम्बन्धी जानकारी तथा अन्य शैक्षिक सूचनाहरू नियमित रूपमा अद्यावधिक गर्नुहोला।

विशेष द्रष्टव्य: Moodle सञ्चालन, पासवर्ड रिसेट वा अन्य प्राविधिक कठिनाइ परेमा क्याम्पसको IT शाखा मा सम्पर्क गर्नुहुन अनुरोध छ।

डिजिटल शिक्षण-सिकाइ अभियानलाई सफल बनाउन सम्पूर्ण शिक्षकज्यूहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछु।

............................................

खेमराज कार्की

क्याम्पस प्रमुख

उर्लाबारी बहुमुखी क्याम्पस, मोरङ

Older topics...